INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका फरार आरोपित गिरफ्तार

सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्याको आरोपमा फरार रहेका आरोपित जलेश्वर नगरपालिका-६ का ५६ वर्षीय देवेन्द्र चौधरीलाई ०८१ मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले गिरफ्तार गरेको छ । आरोपित चौधरी नौ वर्षदेखि फरार रहेको थिए डिएसपी सन्तुलाल जयसवाले जानकारि दिनुभयो ।

आरोपित चौधरीलाई सादा पोशाकमा खटिएका प्रहरिले जलेश्वरस्थित रा.बि.म क्याम्पसबाट गिरफ्तार गरेको क्याम्पसका प्रधान्यापक अजयकुमार झाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत विकलाई ०७२ भदौ २५ गते मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरूले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते वि.कलाई अस्पताल लाग्ने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

त्यसैगरी, विकको हत्यामा संलग्न भएका आरोपितहरूलाई गिरफ्तार गर्न उच्च अदालत धनुषाले परमादेश जारी गरेको थियो ।

अन्य

भिडियो