INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनको वातावरण बनाउन अधिकारकर्मीहरूको आग्रह

समाचार सङ्कलनको क्रममा पत्रकारलाई अवरोध गरेको भन्दै निर्वाध समाचार सङ्कलनको वातावरण बनाउन अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।

गत कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय अगाडि जनसञ्चार डटकमका पत्रकार ओम हमाल र समय नेपाल डटकममा कार्यरत पत्रकार सन्देश बराललाई सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व गृहमन्त्री रवी लामिछानेलाई रुपन्देही जिल्लामा बयान सकी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याउने क्रममा उक्त पार्टीका कार्यकर्ताद्वारा जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न खोज्ने क्रममा प्रदर्शनकारीलाई पक्राउ गर्न लागिएको सूचना सङ्कलन् एवम् तस्विर लिन अवरोध गरिएको घटनाप्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

पत्रकारहरुलाई निर्वाध रुपमा समाचार सङ्कलन गर्ने वातावरणको सुनिश्चितता प्रदान गर्न अधिकारकर्मीहरूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, नागरिक मञ्च, इन्सेक गण्डकी प्रदेश कार्यालय, गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकी प्रदेश समिति, गैरसरकारी संस्था महासङ्घ नेपाल कास्की शाखा, उच्च अदालत वार, मानव अधिकार रक्षक संरक्षण र प्रवर्धन केन्द्र(हुरडेप), मानव अधिकार एलायन्स गण्डकी प्रदेश समिति, महिला मानव अधिकार रक्षक सञ्जाल, कास्की र अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

photo20241118kaski

अन्य

भिडियो