स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ र रौतहटको इशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढिमाई नगरपालिका-८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर २ गते विभिन्न पार्टीका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
इन्सेक सप्तरीका अनुसार आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरी नगरपालिकाको रिक्त रहेको वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित नौ जना र वडा नम्बर ४ मा आठ जना राजनीतिक दलले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा भुलिया देवी थरुनी र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा जोगिन्द्र राय अमातले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले) बाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा भगवानी साह र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा संजयकुमार यादवले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी नेकपा (माओवादी) केन्द्र बाट वडा नम्बर १ को अध्यक्ष पदमा प्रमोद कुमार संत र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा भागवत रामको मनोनयन दर्ता भएको छ । जसपा नेपालबाट वडा नम्बर १ को अध्यक्षमा धिरेन्द्र कुमार साह र वडा नम्बर ४ को अध्यक्ष पदमा देबेन्द्र प्रसाद यादवले मनोनयन दर्ता गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा अनरुद्वप्रसाद चौधरी र वडा नम्बर ४ को अध्यक्ष पदमा शिवकुमार रामले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी जनमत पार्टीबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा शैलेन्द्र कुमार साह (तेली) र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उदय नारायण पण्डित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिशकुमार चौधरी थारु र रामकुमार यादवले उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट वडा नम्बर १ मा सुशिल साह र सियाकान्त चौधरीले मनोनयन दर्ता गरेका छन् भने जनता समाजवादी पार्टीबाट वडा नम्बर ४ मा रबिन्द्र रायले मनोनगन दर्ता गरेका छन् ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका वडा नं १ का वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता ०८१ मङसिर २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधाममा सम्पन्न भएको छ । निर्वाचन तालिका अनुसार स्थानीय निकायमा रिक्त रहेको वडा अध्यक्ष पदमा मनोनयन दर्ता भएको हो ।
उपनिर्वाचन अन्तर्गत वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अशोक कुमार मण्डल, नेकपा एमालेका प्रमोद यादव, नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुनिल कापर केवट, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दास, जनमत पार्टीका कुशेश्वर मण्डल, जनता समाजवादी पार्टी नेपालका अजय यादव उर्फ मोहन यादव, जनता समाजवादी पार्टीका अरुण सदा, राष्ट्रिय जनमत पार्टी नेपालका लक्ष्मीनिया देवी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका फौजदार सदा मुसहर, नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादीका प्रमोद यादव, बहुजन एकता पार्टी नेपालका प्रमिला कुमारी सदा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका गोपालि साहु सुडी उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रबाट दिलीप कुमार ठाकुर बरही, नरेश सदा, विनोद कुमार यादव, विनोद मण्डल, विश्वेश्वर मण्डल, सञ्जय कुमार यादव, हुकुम सिंह गरी २१ जनाको निर्वाचनका लागि मनोनयन दर्ता भएको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगले तालिका अनुसार मङ्सिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको थियो ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माका अनुसार रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् । सो वडामा आठ ओटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट आइतीकुमारी यादव, नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खाँ, रास्वपाबाट सुरमैद खाँ, एमालेबाट सकिवुल खाँ, राप्रपाबाट मो. मनान खाँ, जसपा नेपालबाट मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेका अनुसार स्थानिया तहको मङ्सिर १६ गते हुने उप निर्वाचनका लागि रौतहटको इशनाथ नगरपालिका–७ को रिक्त अध्यक्ष पदको लागि १५ जना, राजपुर नगरपालिका–६ मा १४ जना र गढिमाई नगरपालिका–८ को अध्यक्ष पदको लागि १६ जना गरी जम्मा ४५ जनाको उम्मेदवारी परेको छ ।
इशनाथ नगरपालिका–७ को रिक्त वडाध्यक्ष पदको लागि शेख नेपाली कांग्रसबाट अब्दुल खलिक, स्वतन्त्रबाट शेख अमानुलाह, शेख नजिरुल, शेख शकिल, शेख अन्जर हुसेन, शेख जलालुदिन, शेख अबुजैर, सफदार इमाम, रास्वपाबाट शेख असराज, माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जनता समाजबादी पार्टी नेपालबाट शेख अब्दुल अहद, नेकपा एमालेबाट शेख अनाबार, राप्रपबाट मदन साह, नेकपा एसबाट सदरे आलमले मनोनयनपत्र दर्ता गराएका छन् ।
राजपुर नगरपालिका–६ को रिक्त अध्यक्ष पदको लागि जनता समाजबादि पार्टीबाट एकलाख, जनमत पार्टीबाट क्यामुदिन धुनिया, माओवादी केन्द्रबाट जिकरुलाह, स्वतन्त्रबाट नजमा खातुन, शेख कलिमुल्लाह, शेख मोहमद मुस्ताक अहमद, शेख रेयज, सफिउल्लाह, सहिद प्रब्व्ज मन्सुरी, नेकपा एमालेबाट मोहम्मद नसिम अख्तर, राप्रपाबाट रामनारायण प्रसाद जयसवाल र नेपाली कांगे्रसबाट समसे आलमले मनोनयनपत्र दर्ता गराएका छन् ।
गढिमाई नगरपालिका–८ को रिक्त रहेको वडाध्यक्ष पदको लागि स्वतन्त्रबाट अनिल कुमार यादब, दिनेश राय यादब, नारेन्द्र ठाकुर, रामबिधार्य प्रसाद जैसवाल, रामबिश्वास राय यादब, रामसागर राय यादब, रामसिग राय यादब, श्रीश्याम प्रसाद यादब,नेकपा एमालेबाट जिउति देबि यादव, नेकपा एसबाट बजरङ्गी प्रसाद, राप्रपाबाट रामबालक साह, जनता समाजबादि पार्टीबाटसन्देश प्रसाद यादब, राष्ट्रिय मातृभूमि नेपालबाट साहेबलाल राउत, जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी र नेपाली कांग्रसबाट सुबोध कुमार यादबले उम्मेदवारी दर्ता गराएका छन् ।