१७ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा कपिलवस्तु नगरपालिका–४ का ५३ वर्षीय रामरित मुराउ, सोही ठाउँका ४५ वर्षीया ज्ञानमती मुराउ, ५० वर्षीय रामधनी मुराउ, कृष्णनगर नगरपालिका-१ का ५५ वर्षीय रामशरण मौर्य र सोही ठाउँका ४६ वर्षीय मीना मौर्य विरुद्ध ०८१ मङ्सिर १ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ साल वैशाख १ गते ललाई फकाई विवाह गरेको भन्दै पीडितको ६८ वर्षीया आमाले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडितले दिएको उजुरीका आधारमा घटनाका आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।