१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ठाकुरबाबा नगरपालिका–९ का २५ वर्षीय गगन सिंह सुनारलाई जिल्ला अदालतले ७ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ कात्तिक ३० गतेको इजलासले ७ वर्ष १ महिना कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति, ३ लाख रुपियाँ जरिबाना र १२ हजार रुपियाँ पीडत राहत कोषमा भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
युवतीलाई ०७९ चैत्र १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र १४ गते इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको थियो । सुनारलाई प्रहरीले चैत्र १४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत्र १४ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।