INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३० वर्षीय मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक २५ गते उजुरी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक २५ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्र कुमार पासवानले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो