१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहा नगरपालिका-६ का ३५ वर्षीय इन्देश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले कात्तिक २२ गते बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक २६ गते उजुरी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक २६ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्र कुमार पासवानले घटनाको जानकारी कात्तिक २२ गते नै भएको बताउनु भयो ।
तर, घटनापश्चात आरोपितलाई पीडित पक्षले कुटपिट गरी घाइते बनाएकाेले निजलाई प्रहरीको निगरानीमा उपचार गराएको र अस्पताल प्रशासनले डिस्चार्ज गरेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाएको डिएसपी पासवानले जानकारी दिनुभयो ।