INSEC Online

📅 २०८३ जेष्ठ २१

एकल महिलाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नरहरिनाथ गाउँपालिक–९, लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत एक वर्षदेखि ‘एकल महिला’ सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नुभएको छ ।

गाउँपालिकाले ०८० साउन महिनादेखि हालसम्मको एक वर्ष तीन महिना पुग्दा पनि सामाजिक सुरक्षा भत्ता नविकरण नभएको भन्दै गाउँपालिकाको लापरवाहीले नदिएको गुनासो गर्नुभएको हो ।

नरहरिनाथ गाउँपालिकामा आफूमात्रै नभएर अरु धेरैले समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको शाहीको भनाइ छ । ०७१ सालमा पतिको मृत्यु भएपछि लगातार एकल महिला समाजिक सुरक्षा भत्ता बुझ्दै आएको भए पनि एक वर्ष अगाडिबाट रोकिएका कारण समस्या भइरहेको छ ।

यस सम्बन्धमा नररिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले गत आर्थिक वर्ष वडामा नविकरण नभएको तथा खाता नपाएका कारणले उपलब्ध गराउन नसकिएको र यो आर्थिक वर्षसम्ममा छिट्टै उपलब्ध गराइने उहाँले बताउनु भयो ।

नेपालको संविधान २०७२ को धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त, र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ । संविधानको सोही धारा अनुरुप स्थानीय सरकारले गाउँपालिकाभित्रका एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने व्यवस्था भए पनि नरहरिनाथ गाउँपालिक–९, लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत एक वर्षदेखि एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुभएको छ ।

Photo11112024Kalikot

अन्य

भिडियो