१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–८, पकडीका ४९ वर्षीय चिङगुद बढई, सोही ठाउँका २० वर्षीय अफजल बढई र १८ वर्षीया हसिना खातुन विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ कात्तिक १८ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितहरूले कात्तिक ८ गतेदेखि अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । पीडितले दिएको उजुरीका आधारमा चिङगुद बढईलाई गिरफ्तार गरिएको र अरु आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।