INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत स्थायी घर भइ कृष्णनगर नगरपालिका–१, कृष्णनगर बस्ने ४७ वर्षीय प्रतिन्द्रर सिंहलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १९ गते इलाका प्रहरी कार्यालय, कृष्णनगरमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १८ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।

अन्य

भिडियो