INSEC Online

📅 २०८३ जेष्ठ २२

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१६ ठमेल सातघुम्तीकी मसाज सञ्चालिका ३८ वर्षीया सपना खवासलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

खवासेले सञ्चालन गर्दै आएको हिमालयन आयुर्वेदिक स्पामा मसाज गरिसकेपछि ‘एक्स्ट्रा सर्भिस’ भनी जबरजस्ती यौन कार्यमा लगाएको भनी पीडितले मानव बेचबिखन अनुसन्धान व्यूरोमा ०८१ भदौ २० गते उजुरी दिएको व्यूरोका एसपी भावेश रिमालले जानकारी दिनु भयो ।

पीडित महिलाको उजुरीपछि अनुसन्धानमा खटिएको टोलीले मसाज सञ्चालिका सपना खवासलाई नागार्जुन नगरपालिका–१ बाट गिरफ्तार गरिएको एसपी रिमालले जानकारी दिनु भयो ।

अन्य

भिडियो