INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारलाई बिहान बेलुका छाक जुटाउन ठेकी कोर्दै

छेडागाड नगरपालिका-९ का चन्द्र बहादुर चनाराले ठेकी कोरेर परिवारको खर्च जोहो गर्दै आउनु भएको छ । एक जना छोरा, तीन जना छोरी सहित सात जनाको परिवारलाई उहाँले काठको ठेकी कोरी सोही ठेकी बिक्री वितरणबाट आएको रुपियाँले परिवारको खर्च तथा बालबालिकालाई कापी कलमको जोहो गरेको बताउनु भयो ।

Photo31102024Humla1

रोजगारीका अवसर नहुँदा आफूले सिकेको सीप सदुपयोग गरी परिवारलाई चाहिने आवश्यक बस्तु जुटाउँदै आएको उहाँको भनाइ छ । गाउँघरमा भैँसी पाल्न छोडी सकेका छन् । पहिला धेरै बिक्री हुन्थ्यो अहिले केही गाउँमै बिक्री हुने गरेका छन् । बाहिरबाट आएका व्यक्तिले नेपालगञ्ज सुर्खेत, काठमाडौँ, पोखरा लगाएतका शहरमा चिनोका रूपमा लिने गरेको उहाँले बताउनु भयो ।

लोप हुँदै गएको परम्परागत सीपबाट खर्च टरेको छ । एक दिनमा ठूला चार ओटा र साना छ ओटा ठेकी कोर्ने गरेको चनारा बताउनुहुन्छ । ठेकीको माग बढ्दै गएपछि सरकारबाट अनुदान पाए ठेकी उद्योग सञ्चालन गर्ने इच्छा छ । पछिल्लो पुस्ताले बिर्सिन लागेकाले आफूले सिकेको सीप सिकाउने थिए उहाँले भन्नुभयो । स्थानीय सरकारले गाउँबस्तीमा उत्पादन हुने आकर्षक बस्तुलाई प्रवर्द्धन गरी बजारीकरण गर्न सके आफू आत्मनिर्भर हुने सरकारको आम्दानी बढ्ने विश्वास गर्नुभयो ।

गाउँघरमा ठेकी बिर्सिने बेला आएकाले लोप हुन नदिन अन्य पछिल्लो पुस्तालाई सिकाएर ठेकीको संरक्षण गर्न सरकारले लगानी गर्नुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय पुराना ठेकी खरिदका लागि बाहिरबाट आउन थालेपछि ठेकीको आकर्षक बढेपनि युवा पुस्ताले चासो दिएको पाइँदैन । सरकारले ठेकी कोर्ने पेशालाई संरक्षण गर्न लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

Photo31102024Humla

अन्य

भिडियो