INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता वितरण ! (फोटो फिचर)

इन्सेकको पहलमा मदाने गाउँपालिका–४ का २० वर्षीय नारायण सेन ओलीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ गते सेनलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । उहाँ ‘क’ वर्गको अपाङ्ग हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्कासहितको जनप्रतिनिधिको रोहबरमा ओलीलाई नागरिकता प्रदान गर्नुभएको थियो ।

Photo30102024Gulmi4

ओली ०७४ सालमा बिरामी परेपछि टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको केहि समयमा एक्कासी प्यारालाइसिस भएर शरीर चल्न छोडेपछि बिस्ताराको जीवन बिताउन बाध्य भएको आमा पवित्रा ओलीले बताउनु भयो । घरका परिवारले कुनै वास्ता नगरेपछि पवित्राले छोरालाई दिएर माइतमा बस्दै आउनुभएको छ ।

छोराको नागरिकता बनाउने इच्छा भए पनि लामोबाटो गाडीमा लिएर सदरमुकाम जान नसकिएको आमा पवित्रा ओलीले बताउनु भयो । ‘घरमै नागरिकता दिलाउने सरकारलाई धन्यवाद छ । शरीरका कारण मैले प्रशासन लैजाने कुनै हिम्मत गरेकी थिइन । गरिब मान्छेलाई भगवान आएजस्तै भयो’ – उहाँले भन्नुभयो । ओली परिवारले नागरिकताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत फुल्लेलले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको उदेश्य अनुसार आफूहरूले ओलीलाई नागरिकता दिएको बताउनु भयो ।

Photo30102024Gulmi1

इन्सेककै पहलमा मुसिकोट नगरपालिका–३, ठुलापोखराकी ५० वर्षीया गोमा थापाले ०७७ सालमा नागरिकता घरकै गएर दिइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले गोमाको गोमाको घरमै पुगेर नागरिकता दिनुभएको थियो । गोमा ६७ सालदेखि उभिन सक्नुहुन्थेन । पशुचौपाय जस्तै हातखुट्टाले टेकेर हिँड्डुल गर्नुहुन्थ्यो ।

रेसुङा नगरपालिका–१४ की ४८ वर्षीया पुनिकला आचार्य अर्धचेत अवस्थामा बिस्तारामा ढलेको एक दशक भएको थियो । उहाँ जन्मिदै अपाङ्ग हुनुहुन्थ्यो । अझै पनि अपाङ्गलाई समुदायले हेर्ने नजर गत्तिलो छैन । त्यो माथि परिवारमा आमा बाहेकको सहयोग आचार्यले पाउनुभएन । झुप्रो घरमाभित्र ७० वर्षीया आमाले अचेत ४८ वर्षीया अपाङ्ग छोरी पालेर बस्न निकै समस्या थियो । नागरिकता दिलाउने उपाय नभएको सूचनापछि इन्सेकको पहलमा उमेरले ३२ वर्षसम्म छोरी पुनिकला ०७९ सालको गणतन्त्र दिवसको दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल घरमै पुगेर नागरिकता दिनुभएको थियो ।

रेसुंगा नगरपालिका–३, भाडगाउँकी ६३ वर्षीय टोपकला राना मगरले पनि घरमै नागरिकता पाउनुभयो । उहाँले नागरिकता पाउने उमेरले ४३ वर्ष नागरिकताबाट वञ्चित हुनुहुन्थ्यो । उहाँका सात जना छोराछोरीले नागरिकता बनाए पनि २०१७ सालमा जन्मिएकी टोपकला वर्षौँदेखि अनागरिक भएर रोगसँगै लडिरहनु भएको थियो । प्यारालाइसिस हुनुभएकी टोपकलालाई ०८० सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको थियो ।

धुर्कोट गाउँपालिका-६, रजस्थलका २८ वर्षीय सुरेन्द्र जन्मजात अपाङ्ग हुनुहुन्छ । उहाँ राम्रोसँग बोल्न र उभिन सक्ने अवस्था छैन । थापाले आमा राधिका थापाकै स्याहारमा जीवन कटाउनुभएको छ । सामान्य किसान परिवारका सुरेन्द्रको उपचार सम्भव भएसम्म भयो । तर, कुनै उपायले निको भएन । टाढाको सदरमुकाम र छोराको अप्ठ्यारो रोग तथा शरीर भएका कारण नागरिकता बनाउन नपाएको परिवारको घरमै पुगेर ०७९ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नागरिकता दिनुभयो ।

Photo30102024Gulmi

Photo30102024Gulmi2

Photo30102024Gulmi3

Photo30102024Gulmi5

Photo30102024Gulmi6

Photo30102024Gulmi7

अन्य

भिडियो