INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात महिना कैद सजायको फैसला

३४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई सात महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भिष्मप्रसाद प्रसाईको ०८१ कात्तिक ११ गतेको इजलासले कसुर ठहर गर्दै सात महिना कैद सजाय, ६ हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरेश मल्लले जानकारी दिनुभयो ।

पीडित महिलालाई ०८० चैत २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालकलाई प्रहरीले चैत्र २४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत्र २४ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो