INSEC Online

📅 २०८३ जेष्ठ २१

बाबुद्वारा बन्धक बनाइएकी छोरीको उद्दार

विराटनगर महानगरपालिका-९ भानुटोलमा बाबुद्धारा बन्धक बनाइएकी चार वर्षीया बालिकाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका-९ भानु टोलका ३२ वर्षीय सुनिल सहनीले चार वर्षीया छोरीलाई ०८१ कात्तिक ६ गतेदेखि कोठामा बन्धक बनाएको र कात्तिक ९ गते राति बालिकाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

छोरीलाई तीन दिनसम्म खान समेत नदिइ ३२ वर्षीय बाबु सुनिल सहनीले कोठामा बन्धक बनाएको सूचना जनप्रतिनिधि र स्थानीयले दिएपछि बालिकाको उद्दार गरिएको डिएसपी जोशीले बताउनु भयो ।

हातमा चक्कु लिएर छोरीलाई बन्धक बनाइ सुनिल बसेको र कोही कोेठामा प्रवेश गरे छोरीलाई मारिदिने धम्की दिएपछि मुस्किलले बालिकाको उद्दार गरिएको डिएसपी जोशीले बताउनु भयो ।

बालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको र सुनिलले घरायसी विवादको प्रतिशोध साँध्नका लागि छोरीलाई बन्धक बनाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

बालिकाको उद्दारपछि बालिकालाई हजुरआमाको साथमा राखिएको छ । घटनाका आरोपित सुनिलमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो