INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर स्थायी घर भइ कनकाई नगरपालिका-३ का २३ वर्षीय उज्वल राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलको कात्तिक ७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै तीन लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनु भयो ।

पीडित युवतीलाई ०८० जेठ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले राईविरूद्ध जेठ २४ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० असार १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको असार १८ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०८० जेठ २५ गते गरिएको थियो ।

अन्य

भिडियो