१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४३ वर्षीय काका विरुद्ध इलाका प्रहरी कार्यालय, सालझण्डीमा ०८१ कात्तिक ९ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । घटनाका आरोपित विरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।