१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–१०, भवानीका २४ वर्षीय कृष्ण गुरुङलाई प्रहरीले ०८१ कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ७ गते उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ८ गते दैलेख अस्पतालमा भयो ।