सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ का ६३ वर्षीय फुपाजुलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ कात्तिक ५ गतेको इजलासले बलात्कार गरेको कसुरमा कैद सजायसँगै ५ लाख रुपियाँ जरिवाना र १ लाख ५० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८१ असार ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असार ६ गते गिरफ्तार गरी जिल्ला अदालतमा असार २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको आदेशमा आरोपित असार २५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ असार ६ गते गरिएको थियो ।