२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा २७ वर्षीय दाजुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक १ गते गिरफ्तार गरेको छ ।
आरोपितले यवतीलाई असोज २८ गते बलात्कार प्रयास गरेको भन्दै कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १ गते भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपक कुमार सिंहले बताउनु भयो ।