२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही, हरिवन नगरपालिका-११ स्थायी घर भइ कटारी नगरपालिका-४ कटारीमा पसल गरी बस्दै आएका २२ वर्षीय सुवर्ण भट्टराईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ कात्तिक १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ०८१ कात्तिक ४ गते गिरफ्तार गरिएको इन्स्पेक्टर भीमलाल ओलीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा कात्तिक २ गते गरिएको छ ।