INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा-४ का ६७ वर्षीय बिरबहादुर तमाङलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ असोज २३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपितविरुद्ध पीडितको तर्फबाट पीडितकी आमाले असोज २८ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका सई रविन अधिकारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको थियो ।

अन्य

भिडियो