बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न कात्तिक २ गते सरकारले समिति पुनर्गठन गरेको छ।
कात्तिक २ गते बसेको मन्त्रिपरिषद्को बैठकले ०८० चैत ३० गतेको निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनु भएको छ ।
पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोकिएको छ । सदस्यहरूमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको व्यक्ति सिफारिस समितिको सदस्य रहने मन्त्री गुरूङले जानकारी दिनु भएको हो ।
सो समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कुमार कार्की, स्टेला तामाङ रहनुभएको छ ।

