INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय पतिलाई कात्तिक १ गते मनहरी गाउँपालिका-५ बाट गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्नताको आरोप लागेका १९-२० वर्षका दुई जना युवाहरू फरार रहेको प्रहरीले जनाएको छ ।

असोज ३० गते घरमै पतिसहित तीन जनाले सामूहिक बलात्कार गरेको भनी पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् ।

पीडितको सोही उजुरीका आधारमा एक जना आरोपितलाई गिरफ्तार गरेको र फरार भएका दुई जना आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १ गते हेटौंडा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो