सब डभिजन वन कार्यालय, जोगबुढाको सु.प.प्र. ००४–००१ ब ००१९ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका–५ परिगाउँका धनबहादुर चन्दलाई ०८१ कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
परशुराम नगरपालिका–५ परिगाउँमा पार्किङ गरेर राखिएको डिभिजन वन कार्यालयको गाडीमा कात्तिक २ गते चन्दले आगजनी गरेपछि गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी सुरेश चन्दले बताउनु भयो ।
आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्टभएको इलाका प्रहरी कार्यालय, जोगबुढाका इन्स्पेक्टर सुरज रोकायाले बताउनु भयो । मादक पदार्थ सेवन गरेर चन्दले मोटरसाइकलमा आगजनी गरेको र आरोपित चन्द पूर्व सशस्त्र प्रहरी समेत रहेको इन्स्पेक्टर रोकायले जानकारी दिनु भयो ।