१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-४ का ३७ वर्षीय अशोक कुरूम्बाङलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ असोज २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजु्री दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असोज ३० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विवेक बस्नेतले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल ०८१ कात्तिक १ गते गरिएको छ ।