INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सैनामैना नगरपालिका–६, दुर्गा मन्दिरका ४१ वर्षीय प्रेमप्रसाद काफ्लेलाई प्रहरीले ०८१ असोज ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २७ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो