INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा बारबर्दिया नगरपालिका–६ का १४ वर्षीय बालक र सोही ठाउँका सात वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालकहरूले ०७८ असार २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले बालकहरूलाई भदौ ५ गते गिरफ्तार गरेको थियो । पीडित बालकको स्वास्थ्य परीक्षण भदौ ५ गते बर्दिया जिल्ला अस्पतालमा भयो ।

प्रहरीले बालकहरू विरुद्ध ०७८ भदौ १८ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा बाल यौन दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको ०७९ जेठ ९ गतेको एकल इजलासले बालकहरूलाई ३ लाख १२ हजार रुपियाँ सजाय तोकेपछि फरार भएका कसुरदारलाई बारबर्दिया नगरपालिका–६ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम धर्तीमगरले बताउनु भयो । साथै गिरफ्तारीमा परेका कसुरदारलाई अदालतमा दाखिला गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्य

भिडियो