आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति विरुद्ध इलाका प्रहरी कार्यालय, भालुवाङमा ०८१ असोज ३० गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २३ गते सशस्त्र प्रहरी वेस क्याम्प, भालुवाङ नजिकै रहेको पिङ खेल्ने क्रममा बलात्कार भएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएको थियो ।
पीडित नाबालिका भएकाले आरोपित पहिचानमा समस्या भएको भन्दै घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।