१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका-१, चिसापानीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका १९ वर्षीय डम्बर बहादुर रोकाया, १९ वर्षीय निर्मल थापा, २० वर्षीय विजय कार्की र २४ वर्षीय जीवन रोकायालाई प्रहरीले ०८१ असोज २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले असोज २७ गते र असोज २८ गते कोहलपुरस्थित होटलमा राखेर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ३० गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।