अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज २८ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको सूचना माइती पक्षले प्रहरीलाई दिएको थियो ।
ससुुराली आएका बेला पतिपत्नीबिच घरायसी विषयमा विवाद भएपछि आरोपितले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको प्रारम्भिक अनु्सन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
पत्नीको हत्यापछि अर्जुनधारा नगरपालिका-३ स्थित जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टम असोज २९ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गर्ने तयारी गरिएको छ ।