चुरे गाउँपालिका–६ मल्लोढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनारालाई ०८१ असोज २५ गते विहान बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति डम्बर चुनारालाई असोज २५ गते गिरफ्तार गरेको छ ।
घर्यासी बिवादको कारण आरोपित पतिले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेको भन्दै पीडित पक्षले असोज २५ गते प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम असोज २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी आफन्तको जिम्मा लगाइएको डिएसपी थापाले बताउनु भयो ।