१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाका २३ वर्षीय दिनेश शाह विरुद्ध पीडित पक्षले डुमरिया प्रहरी चौकीमा ०८१ असोज २३ गते उजुरी दिनुभएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २२ गते राति ८ बजेको समयमा गाउँमै रहेको झिझिया कार्यक्रम हेर्न गइरहेको बेला यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताउनु भयो ।
आरोपितलाई असोज २३ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको डुमरिया प्रहरी चौकीका असइ सुरेन्द्र शाहले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।