१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुद्धभुमी नगरपालिका–१, बिरपुरका ३३ वर्षीय भिमबहादुर घर्तिमगरलाई प्रहरीले ०८१ असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २० गते इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १९ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।