पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१७ का १९ वर्षीय विजय चौधरीलाई प्रहरीले ०८१ असोज २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।