२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाउँपालिका-७ ४९ वर्षीय लोकबहादुर नेवारलाई असोज १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०८० फागुनदेखि ०८१ असार १५ गतेसम्म पटकपटक बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । पीडितले आरोपितविरुद्ध असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ परीक्षण ०८१ असोज १९ गते पशुपति स्मृति अस्पताल चरिकोटमा गरिएको छ ।