INSEC Online

📅 २०८३ जेष्ठ २१

वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ।

आरोपितले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै पीडितले असोज १७ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय गरुडाका असइ सुवोध मिश्रले जानकारी दिनुभयो । उजुरीपश्चात आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको असइ मिश्रले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा असोज १७ गते भएको छ ।

 

अन्य

भिडियो