INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विभिन्न तस्वीहरूलाई जोडेर सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले ०७९ वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्रबिर विश्वकर्माले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो