INSEC Online

📅 २०८३ जेष्ठ २१

हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)

असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा पसेपछि यहाँका बासिन्दालाई लत्ता कपडा, खाना, र शुद्ध पिउने पानीको समस्या भएको छ ।

photo20241004kathmandu (1)

बाढीले गर्दा यहाँका बासिन्दाको घरमा खाना पाक्दैन । उनीहरूलाई वडा कार्यालयले एकछाक निःशुल्क खानाको व्यवस्था गरेको छ । घरमा भएका सरसामान हिलोसहितको बाढीले बगाएपछि सबैको बिचल्ली भएको छ । वंशीघाटमा बस्दै आएका सुकुम्बासीको अवस्था हेर्दा सामान्य देखिएपनि घरअगाडि नै सडक हिलाम्मे छ । सो सडकबाट मोटरसाइकल, गाडी गुड्ने गर्छन् । सवारी साधनले हिलो उछिट्याउँदा घरैमा पर्छ । बाढीले घरको माथिसम्म पुगेपछि यहाँका जनप्रतिनिधि, सर्वसाधारण, प्रहरी सबैले बाढीमा फसेका नागरिकलाई बोटबाट उद्दार गरेर सुरक्षित स्थानमा सारिएको स्थानीय साधन श्रेष्ठले बताउनु भयो ।

photo20241004kathmandu (2)

सुकुम्बासी बस्तीमा लेदोसहितको बाढीले प्रत्येकका घरघरमा नोक्सान पुर्‍याएको साधन श्रेष्ठले बताउनु भयो । बाढीले सुकुम्बासी बस्तीका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडालगायतका सामग्री नै तहसनहस गरेको छ ।’–उहाँले भन्नु भयो । रसु थापाको पनि उस्तै पीडा छ । ‘बाढीले लत्ता कपडा सबै बगायो खाना एक छाक वडाले खुवाएर सहयोग गरेको छ । स्थानीय सरकार तथा नेपाल सरकारले सुकुम्बासीलाई स्वच्छ पिउने पानी, एकसरो लत्ता कपडाको व्यवस्था गरिदिएको भए हुन्थ्यो ।’–उहाँले भन्नु भयो ।

photo20241004kathmandu (5)

वडाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्दै आएको वडा नम्बर ११ की वडा सदस्य आशा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो बस्तीमा १ सय ४२ घरधुरी र ६ सय परिवार रहेका छन् । वडाले बाढी पीडितलाई तीन दिन स्कुल बन्द गराएर बाढी पीडितलाई गुह्वेश्वरी स्कुलमा बास सारेको बताउनु भयो । ‘वडाले बाढी पीडितलाई निःशुक खाना दिँदै आएको छ । यसका साथै यहाँ  पिउने पानीकाे समस्या देखिएकोले एउटा संस्थासँग वडाको सहकार्यमा शुद्ध पिउने पानी छिटै पुर्‍याउने योजनामा छौँ ।’–उहाँले भन्नु भयो ।

photo20241004kathmandu (7)

photo20241004kathmandu (8)

photo20241004kathmandu (9)

photo20241004kathmandu (10)

photo20241004kathmandu (11)

photo20241004kathmandu (12)

photo20241004kathmandu (13)

photo20241004kathmandu (14)

photo20241004kathmandu (15)

photo20241004kathmandu (16)

photo20241004kathmandu (17)

photo20241004kathmandu (18)

photo20241004kathmandu (19)

photo20241004kathmandu (20)

photo20241004kathmandu (21)

photo20241004kathmandu (22)

photo20241004kathmandu (23)

अन्य

भिडियो