आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका-६ का ५३ वर्षीय धनमान भनिने मोहन राईलाई आठ वर्षको कैद सजाय फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको ०८१ असोज १६ गतेको इजलासले कैद सजायसँगै ३ लाख रुपियाँ जरिवाना र २ लाख रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको छ।
बालिकालाई ०८० पुस ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
मोहन राईलाई प्रहरी ०८० पुस २० गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० पुस ९ गते गरिएको थियो।