INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको आरोपमा पीडितले सिविस संस्थाका सामाजिक परिचालिकालाई घटनाबारे बताएपछि सिविसको सहयोगमा पीडित पक्षले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १३ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो