२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ जिल्ला, रङ्गेली नगरपालिका-१ का ३३ वर्षीय चुणामणि डोटेललाई जन्म कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ०८१ असोज ९ गतेको इजलासले जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनु भयो ।
२८ वर्षीया महिलालाई ०७९ फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ चैत १३ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ चैत १६ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० वैशाख ६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको वैशाख ७ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०७९ चैत १३ गते गरिएको थियो ।