१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले असोज २ गते बलात्कार गरेको भनी पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश गोलेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते चौतारा अस्पतालमा गरिएको छ ।