INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

म्याङलुङ नगरपालिका-५ को वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

अज्ञात पक्षले ०८१ असोज ८ गते राति वडा कार्यलयमा बाहिरको सूचना पाटी च्यातिएको, वडा कार्यालयभित्र जाने नेटको तार काटिएको, बेन्च भाँचिएको र कार्यालय वरिपरी कालो वस्तु छर्किनुका साथै फर्निचरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।

वडा कार्यालको भवन निर्माण गर्ने स्थलको विषयमा केही दिनअघि स्थानीय केही व्यक्तिहरूसँग विवाद भएको म्याङलुङ नगरपालिका–५ का वडाध्यक्ष राजकुमार सेनेहाङले बताउनु भयो ।

सोही विषयलाई लिएर अज्ञात पक्षले रिस साँध्नका लागि कार्यालयमा तोडफोड गरेको हुन सक्ने म्याङलुङ नगरपालिका-५ का वडाध्यक्ष सेनेहाङको भनाइ छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

photo 20240924 terthum (1)

photo 20240924 terthum (2)

photo 20240924 terthum (3)

photo 20240924 terthum (4)

 

 

 

अन्य

भिडियो