तुलसीपुर उपमहानगरपालिका–४ की ४५ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको कसुरमा जिल्ला अदालतले पति ४२ वर्षीय पेण्डवा चौधरीलाई जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको ०८१ असोज ९ गतेको इजलासले दोषी ठहर गर्दै जन्मकैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पत्नी लक्ष्मी चौधरीलाई पेण्डवाले ०८० माघ ७ गते हत्या गरेको भन्दै पीडित पक्षले माघ ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पेण्डवालाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम माघ ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरी माघ ७ गते छोराले बुझेर सद्गत गरेका थिए ।