२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा भारत देशको गोरखपुरका ३१ वर्षीय मोहम्द लाउद्दिन, सोही ठाउँका ३० वर्षीय अप्शोक सपानी, २७ वर्षीय अफराज खान, भारत देशको महाराजगञ्जका ३१ वर्षीय अक्सर खान, ओमसतिया गाउँपालिका–४ का २५ वर्षीय अकवाल खान र सोही ठाउँका ३० वर्षीय थारुख तेलीलाई प्रहरीले ०८१ असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितहरूले असोज ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भिम अस्पताल, भैरहवामा भयो ।