INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले आदर्श गाउँपालिका–६ गिरीचौकीका ३८ वर्षीय लाल रैकाललाई ०८१ असोज ६ गते गिरफ्तार गरेको छ ।

घटनापछि फरार रहेका आरोपित आमाको किरियामा बसेको सूचना पाएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।

युवतीलाई ०८१ भदौ ३१ गते बलात्कार गरी ३० हजार रुपियाँ समेत चोरी गरेर फरार रहेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला अस्पताल, डोटीमा गरिएको थियो ।

अन्य

भिडियो