१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय हजुरबुबा विरुद्ध ०८१ असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले ०८० चैत महिनाको पहिलो हप्ता बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिपन कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ असोज ६ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भयो । उक्त परीक्षण गर्दा पीडित ६ महिनाको गर्भवती भएको अस्पतालले जनाएको छ ।