INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–३ का २० वर्षीय रुपलाल ज्ञवालीलाई प्रहरीले ०८१ असोज ६ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका–१५ का २० वर्षीय निरज राना फरार रहेकोले थप अनुसन्धान गरिरहेको बताउनु भयो । पीडित बालिकालाई आरोपितहरूले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो । फरार आरोपितको खोजी भइरहेको र गिरफ्तार भएका ज्ञवालीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी केसीले बताउनु भयो ।

अन्य

भिडियो