INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासत कक्षबाट थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट भेन्टिलेसन फोडी २०८१ असोज ६ गते बिहान नौ जना थुनुवा फरार भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका २५ वर्षीय अमित कुमार झा, जनकपुरधाम उ‍पमहानगरपालिका-४ का १७ वर्षीय विशाल मुखिया, धनौजी गाउँपालिका-७ का २६ वर्षीय रञ्जित मण्डल, सिरहा जिल्लाको सिरहा नगरपालिका-१३ का ३३ वर्षीय रोशनकुमार मण्डल, औरही गाउँपालिका-२ का २३ वर्षीय अभाष्करकुमार यादव लागू औषध मुद्दामा थुनामा रहेका थिए । त्यसैगरी, जनकपुर उपमहानगरपालिका-१ का १८ वर्षीय सुमित मेस्तर, जनकपुरधाम उपमहानगरपालिका-४ का २२ वर्षीय बिक्की कार्की र  नगराइन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल अभद्र व्यवहार मुद्दामा थुनामा थिए ।

फरार थुनुवाहरू मध्ये एक जना लागू औषध मुद्दामा थुनामा रहेका जलेश्वर नगरपालिका-५ का २८ वर्षीय सत्यम झालाई भाग्दैगरेकाे अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनु भयो । त्यस्तै, फरार थुनुवाहरूकाे खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो